citizens life insurance long ad
stcnepal long ad

फ्रेन्च लिग वान :  पीएसजी शीर्षस्थानमा उक्लियो

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा एन्जर्समाथि १–० को कठिन जित निकाल्दै पीएसजी शीर्षस्थानमा उक्लिएको हो ।

पीएसजीलाई कठिन जित दिलाउनको लागि लेभिन कुर्जावाले निर्णायक गोल गरे । उनले ७०औं मिनेटमा गोल गर्दै पीएसजीलाई १–० को अग्रता दिलाए । एलेसान्द्रो फ्लोरेन्जीको क्रसलाई रोमेन थोमसले क्लियर गर्न नसकेको बललाई कुर्जावाले गोल गरेको थिए । उक्त गोल नै निर्णायक गोल बन्यो ।

यो जितसँगै पीएसजीले एक खेल कम खेलेको लियोनलाई २ अंकले पारेको छ । पीएसजीको २० खेलबाट ४२ अंक पुगेको छ । एक खेल कम खेलेको लियोनको ३८ अंक छ । पराजित एन्जर्स ३० अंक जोडेर सातौ स्थानमा छ ।

IME Life
kumari