stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

अन्तर विद्यालय गर्ल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितिन् भुजुले

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल । आइतबार, ११ फागुन २०७६

काठमाडौं । स्याक्रेड हार्ट एकडेमीकी शिरुषा भुजुले अन्तर विद्यालय गर्ल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेकी छिन् ।

कीर्तिपुरस्थित टीयू कभर्ड हलमा शनिबार भएको प्रतियोगिताको फाइनलमा विभूति माध्यमिक विद्यालयकी प्राश्ना श्रेष्ठलाई सोझो सेटमा पराजित गरि उपाधि जितेकी हुन् ।

पहिलो सेट ११–७ ले जितेकी शिरुषाले दोस्रो सेट ११–८ ले जित्दै उपाधि हात पारेकी हुन् ।

विभूतिकै पान्जोम लामा र प्रज्ञा सदन माध्यमिक विद्यालयकी सिमोन राईले तेस्रो स्थान हासिल गरे ।

त्रिभुवन विश्वविद्यालयको खेलकुद विज्ञानले आयोजना गरेको प्रतियोगितामा १६ प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो ।

एकदिने प्रतियोगिता नकआउट पद्धतिमा खेलाइएको थियो ।
prabhu mahalaxmi
kumari bank
kumari