citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

बन्चरेडाँडा स्यानेटरी ल्यान्डफिल्ड निर्माणमा ढिलासुस्ती

kumari bank
Prabhu Insurance Long Ad
global bank

 

आर्थिक सञ्जाल । आइतबार, ११ फागुन २०७६ काठमाडौं ।

कम्तीमा सय वर्षसम्म फोहोर व्यवस्थापन हुनेगरी १३ वर्षदेखि चर्चा र विवादमा रहेको नुवाकोट र धादिङको सिमानामा निर्माणाधीन बन्चरे डाँडा स्यानेटरी ल्यान्डफिल्डको ढिलासुस्ती अझै हटेको छैन ।

सम्झौताअनुसार गत कात्तिकमा पहिलो चरणको काम सम्पन्न हुनुपर्नेमा अहिले पनि अधुरै रहेको छ । कात्तिकमा पहिलो चरणको काम सम्पन्न नभएपछि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर आफैं फिल्डमा पुगेर फागुनभित्र फोहोर फाल्न मिल्ने बनाउन सबै पक्षलाई निर्देशन दिएका थिए । फागुनमा पनि त्यहाँ फोहोर फाल्न नमिल्ने भएको छ ।

सहरी विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव कृष्णप्रसाद दवाडीले स्थानीयको अवरोध, ठेकेदारलगायत विभिन्न प्राविधिक कारण निर्माणमा केही ढिला भएको बताए ।

 तर, ल्याल्डफिल्ड निर्माणमा सरकारी उदासीनता पनि उस्तै देखिएको छ । सरकारले स्थानीयले उठाएका जायज माग सम्बोधन नगर्दा र नियमित अनुगमन नगर्दा निर्माण कार्य गतिहीन बन्न पुगेको हो ।

स्थानीयले सडक बाटो, मुआब्जा तथा गुणस्तरीय ल्यान्डफिल्ड निर्माण गर्न माग गर्दै पटकपटक अवरोध गर्दै आएका छन् । सरकारले स्थानीयको मागलाई उचित तरिकाले हल गरेर निर्माण कार्यलाई गति दिने काममा सरकारी पक्षको सक्रियता कमजोर बन्दै आएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

gold
himalayan life insurance long ad