पुस २० गते इक्रा नेपालको साधारणसभा
काठमाडौं । इक्रा नेपालको आठौं वार्षिक साधारणसभा पुस २० गते हुने भएको छ । कम्पनीले दिनको १ बजे केन्द्रीय कार्यालय डिल्लिबजार, काठमाडौंमा सभा बोलाएको हो । कोरोनाको जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा सम्पन्न गर्ने तयारी गरेको छ ।
सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित १५० प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरी ५१.५० प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ ।
साथै, कम्पनीको अधिकृत, जारी र चुक्तापुँजी वृद्धि गरी सोहि बमोजिम प्रबन्धपत्र संशोधन गर्ने प्रस्तावलाई समेत सभाले अन्तिम रुप दिनेछ ।






















