stcnepal long ad
ime life insurance
national life
global ime bank long

भलिबल संघका उपाध्यक्ष सुवेदीद्वारा खेल सामग्री प्रदान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित फाइभ स्टार क्लबलाई भलिबल, नेट लगायतका खेल सामग्री प्रदान गरेका छन् ।

हिजो शनिवार आयोजित एक कार्यक्रमबीच सुवेदीले फाइभ स्टार क्लबका अध्यक्ष किरण केसीलाई खेल सामग्रीहरु प्रदान गरेका हुन् ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, शहीद पार्क वन उपभोक्ता समुहका अध्यक्ष सुदर्शन सिग्देल, फाइभ स्टार क्लबका अध्यक्ष किरण केसी, वडा सदस्य जयराम महतलगायतका वक्ताहरुले सुवेदीको सहयोगले भलिबल प्रेमीहरुमा ठूलो उत्साह थपेको बताए ।

भलिबल खेलको रुची तथा विकासमा लाग्ने जो कोहीलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता सुवेदीले व्यक्त गरे । भलिबल संघका केन्द्रीय उपाध्यक्ष सुवेदी लायन्स क्लब इन्टरनेशनलका पूर्व डिस्ट्रिक्ट गभर्नर समेत हुन् ।

सुवेदी राजनीति सहित समाजसेवा, मानवअधिकार संरक्षण, शिक्षा तथा साहित्य क्षेत्रमा पनि दुई दशक अघिदेखि निरन्तर क्रियाशील छन् ।

IME Lifesidebar
kumari