लिभरपुल म्यानचेस्टर सिटीसँग बराबरीमा रोकियो
एजेन्सी । प्रिमियर लिग फुटबलमा लिभरपुल म्यानचेस्टर सिटीसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लिभरपुल सिटीसँग १–१ को बराबरी रोकिएको हो ।
सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । खेलेको १३ औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टी मार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलएका थिए ।
पेनाल्टी क्षेत्र भित्र साडिओ मानेले बल अगाडि बढाउने क्रममा सिटीका डिफेन्डर वाल्करले फाउन गरेपछि रेफ्रीले लिभरपुललाई पेनाल्टी दिएको थियो । सोही पेनाल्टी अवसरलाई सदुपयोग गर्दै सलाहले लिभरपुलाई अग्रता दिलाएका हुन् ।
तर, ३१औं मिनेटमा घरेलु टोली सिटीले खेल बराबरीमा ल्यायो । गाब्रियल जेससले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । उनले डी ब्रुइनोको पासमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्यएका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकियो ।
यससँगै लिभरपुलले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । लिभरपुलले आठ खेलमा १७ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । सात खेल खेलेको सिटी भने १२ अंकसहित ११औं स्थानमा छ ।

























