stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

लिभरपुलद्वारा आर्सनल ३–१ गोलले पराजित

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले आर्सनललाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले हराएको हो ।

लिभरपुलका लागि साडियो माने, रोबर्टस र डियोगो जोटाले एक–एक गोल गरे । उल्भ्सबाट लिभरपुल आएका जोटा डेब्यु गरेको खेलमा गोल सफल भएका हुन । आर्सनलका लागि एलेक्जेन्डर लाकाजेट्टीले एक गोल गरे ।

लिभरपुल लिगमा शतप्रतिशत जित सहित ३ खेलमा ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । यसअघि दुई खेल जितेको आर्सनल भने तेस्रो खेलमा पराजित भएको छ ।

आर्सनल ६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । लिग अन्तर्गत राति नै भएको खेलमा एस्टन भिल्लाले फुलह्यामलाई तीन शुन्यले पराजित गरेको छ ।

prabhu mahalaxmi
kumari