stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु हुने सम्भावना बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लामो समय बन्द रहेको नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु हुने सम्भावना बढेको छ । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रशिक्षणका लागि कार्यविधि बनाउन निर्देशन दिएसँगै प्रशिक्षणको तयारीमा रहेको एन्फाले सम्भावना बढेको जनाएको हो ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई प्रशिक्षणको कार्यविधि बनाउन र अघि बढ्न भनेका छन् । एन्फाले पछिल्लो समय विश्वकप छनोटदेखि मैत्रीपूर्ण खेलाडीको प्रशिक्षण गराउने वातावरण मिलाउन सिलवालसँग अनुरोध गरेको थियो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली र सदस्य सचिव सिलवालबीच राष्ट्रिय टोलीको प्रशिक्षण सञ्चालनका बिषयमा गम्भीर छलफल भएको थियो ।

छलफलका क्रममा शेर्पाले अनुमती पाए सुरक्षितरुपमा अभ्यास थाल्न तयार रहेको बताएका थिए भने सिलवालले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), विश्व फुटबल महासंघ (फिफा) र नेपाल सरकारको स्वास्थ्य प्रोटोकल अनुसारको कार्यविधि खोजेका थिए ।

अभ्यास सुरु गर्नु पर्ने बिषयमा निकै लचक तथा सकारात्मक देखिएका सिलवावले कार्यविधि बनाएर अघि बढ्न आग्रह गरेको बताइएको छ । एन्फाले राखेप समक्ष कोरोना प्रभावका कारण रोकिएका प्रतियोगिता, राष्ट्रिय टोलीको अभ्यासका साथै केही मैत्रीपूर्ण खेल सञ्चालनको अनुमती मिलाईदिन अनुरोध गरेको छ ।

नेपाली टिमसँग बंगलादेश सहितका तीन देशले मैत्रीपूर्ण फुटबल खेल्न प्रस्ताव राखेका समेत गरेका छन् ।

prabhu mahalaxmi
kumari