चौधरी ग्रुपले नयाँ बहुराष्ट्रिय ब्रान्ड भित्र्यायो
काठमाडौं । विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपालीबजारमा आफनो प्रभुत्व जमाउँदै आएको चौधरी ग्रुपले विभिन्न बहुराष्ट्रिय ब्रान्डको बिक्री वितरण गर्दै आइरहेको छ ।
विभिन्न १ सय १२ देश र ७६ ब्रान्डका साथ देश–विदेशमा नेपाल बहुराष्ट्रिय कम्पनीका रूपमाप परिचय बनाउन सफल चौधरी ग्रपले विभिन्न टप ब्रान्ड्स हरुको सहकार्य गर्दै आइरहेको छ ।
ब्ल्याक डिकर एउटा प्रतिष्ठीत अमेरिकन ब्राण्ड र सि.जी.को सि.जी.इम्पेक्स कम्पनीले सहकार्य र साझेदारीमा सि.जी. डिजिटल डिजिटल पार्क, काठमाडौं बाट विभिन्न मिडिया कर्मी र सि.जी. इम्पेक्स का डिलर र डिस्ट्रिब्युटर मार्फत अन्लाईन प्रविधिबाट प्रेस कन्फ्रेन्स आयोजना गरी आधिकारीक घोषणा गरेको हो ।
भर्चुवल प्रविधिको माध्यमगरिएको प्रेस कन्फ्रेन्स मा सि.जी. इम्पेक्सका तर्फबाट सिनियर पदाधिकारी को उपस्थितिका साथै Bolack+decker,Company, इन्डिया बाट निलान्जन भट्टचार्य (निर्देशक, साउथ एसिया) र अमित राटौरी (प्रमुख इक्सपर्ट) ले पनि भर्चुवलमाध्यम बाटै सि.जी. इम्पेक्स र Bolack+decker,Company विचको साझेदारी काबारेमा प्रकाश पारेको थियो ।
अब नेपाली बजारमा चौधरी ग्रुप अन्तर्गत सीजी इम्पेक्सले घरायसी सामाग्रीको बिक्री वितरण गर्ने छ । Steam Iron, Grinder mills, Rice Cooker, Garment Steamer, Sandwich Maker, Heater, Microwave Oven, OTG जस्ता विभिन्न घरायसी सामाग्री रहेका छन् ।
























