stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजदेखि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजदेखि शुरु हुँदैछ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने उद्घाटन खेलमा नेपालले आज थाइल्यान्डसँग खैल्दैछ । खेल नेपाली समयअनुसार बिहान ९ बजे शुरु हुनेछ ।

नेपाली क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले प्रतियोगिताका लागि उत्साहित रहेको बताएकी छन् । प्रतियोगिता शुरु हुनुभन्दा एकदिन अघि हिजो प्रि–म्याच कन्फेरेन्समा उनले १८ वर्षपछि मौका पाएकाको र अभ्यास खेलबाट धेरै कुरा सिक्ने अवसर पाएकाले मनोबल बढेको बताइन् । यो नेपालले आयोजना गर्न लागेको अहिलेसम्मकै ठूलो प्रतियोगिता भएकाले आउने पुस्तालाई पनि अघि बढ्न सहज हुने उनले बताइन् ।

यस्तै आजै अरू २ खेल पनि हुँदैछन् । दुवै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । आयरल्यान्ड र पपुवा न्यू गिनीको खेल बिहान ९ बजे शुरु हुनेछ भने बङ्गलादेश र अमेरिकाको खेल दिउँसो १ बजे शुरु हुनेछ । प्रतियोगिताका खेलहरू त्रिवि मैदान र माथिल्लो मूलपानी मैदानमा हुनेछन् ।

समूह चरणमा नेपालका चार वटै खेल त्रिवि मैदानमा हुनेछन् । तालिकाअनुसार नेपालले पहिलो खेलमा माघ ४ गते थाइल्यान्डसँग, दोस्रो खेलमा माघ ८ गते नेदरल्यान्ड्ससँग, तेस्रो खेलमा माघ १० गते जिम्बावेसँग र चौथो खेलमा माघ १२ गते स्कटल्यान्डसँग खेल्नेछ ।

१० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

prabhu mahalaxmi
kumari