stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

फिफा विश्वकप फुटबलको कुन समुहमा कुन देश परे ?

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । फिफा विश्वकप फुटबलको समुह चरणको ड्र भएको छ । अमेरिकाको वाशिंगटन डिसीस्थित केनेडी सेन्टरमा गएराती सम्पन्न विश्वकपको समुह चरणको ड्र मा ४८ देशलाई १२ समुहमा बिभाजन गरीएक छ ।

अमेरिका, मेक्सिको र क्यानडाले  आयोजना गर्ने यो विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् । जसमा ४२ देशको टुंगो लागेको छ भने ६ देश प्लेअफ मार्फत छानिने छन् ।

समुह बिभाजन

समुह ए: मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया युरोप प्लेअफ (चेक रिपब्लिक/आयरल्याण्ड/डेनमार्क/उत्तरी माचेडोनीया)

समुह बी; क्यानडा, कतार, स्वीजरल्याण्ड, युरोप प्लेअफ (वेल्सर बोसिनिया हर्जगोभिनार इटाली/उत्तरी आयरल्याण्ड)

समुह सी: ब्राजिल, मोरक्को, हैटी, स्कटल्याण्ड

समुह डी: अमेरिका,,पराग्वे,,अस्ट्रेलिया, युरोप प्लेअफ (स्लोभाकिया/कोसोभोरटर्की/रोमानिया)

समुह इ: जर्मनी,  कुराकाओ,आभारी कोष्ट, इक्वेडर

समुह एफ: नेदरल्याण्डस, जापान, ट्युनिसिया, युरोप प्लेअफ (युक्रेन/स्विडेनरपोल्याण्ड/अल्बानिया)

समुह जी: बेल्जियम,इजिप्ट,इरान,न्यूजील्याण्ड

समुह एच: स्पेन,,केप भेर्डे, साउदी अरेबिया, उरुग्वे

समुह आई: फ्रान्स,सेनेगल,नर्वे, इन्टर कन्टिनेन्टल प्लेअफ (इराक/बोलिभियार सुरिनेम)

समुह जे: अर्जेन्टिना,अल्जेरिया,अस्ट्रिया,जोर्डन

समुह के:पोर्चुगल,उज्बेकिस्तान,कोलोम्बिया, इन्टर कन्टिनेन्टल प्लेअफ (डिआर कंगोरजमैकार न्यू कालेडोनिया)

समुह एल,:इङल्याण्ड, क्रोसिया,घाना,पानामा

२०२२ को विश्वकप खेलेका २६ देश यस विश्वकपमा छनौट भएका छन् भने केप भार्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तान पहिलो पटक विश्वकपमा छनौट भएका छन् ।

त्यस्तै हैटी १९७४ पछि पहिलो पटक विश्वकपमा फर्किएको छ भने अस्ट्रिया, नर्वे र स्कटल्याण्ड १९९८ पछि विश्वकपमा फर्किएका छन् ।

हरेक समुहमा ४ देश हुने छन् भने समुह चरणको खेलपछि समुहको विजेता र उपविजेता राउण्ड ३२ मा पुग्ने छन् भने तेस्रो हुने ८ शिर्ष स्थानका टिम पनि राउण्ड ३२ मा पुग्ने छन् । २०२६ को जुन ११ देखि शुरु हुने विश्वकपको फाइनल खेल जुलाय १९ मा हुने छन् ।

prabhu mahalaxmi
kumari bank
kumari