stcnepal long ad
global ime bank long

ऋणको भार बढेपपछि वायुसेवा निगमद्वारा सञ्चय कोष र नागरिक लगानी कोषसँग छलफल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो दीर्घकालीन ऋण व्यवस्थापन र दायित्व एकिनका विषयमा सञ्चय कोष र नागरिक लगानी कोषका उच्च अधिकारीसँग छलफल सुरु गरेको छ ।

पछिल्लो समय ऋणको आकार बढ्दै गएको अवस्थालाई व्यवस्थापनका लागि स्पष्ट योजना तयार गर्न निगमले छलफल सुरु गरेको हो । दुवै पक्षबीच लामो समयदेखिको सम्वादहिनतालाई तोड्दै निगमका उच्च पदाधिकारीको टोलीले दुवै कोषका शीर्ष अधिकारीसँग विस्तृत रूपमा छलफल गरेको निगमले जनाएको छ ।

निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठको नेतृत्वमा विशेषगरी निगमले तिर्नुपर्ने कुल ऋण रकम स्पष्ट नभएको, दुई पक्षबीच तथ्यमा एकरूपता नदेखिएको लगायत विषय उठाएको थियो ।

छलफलका क्रममा ऋण रकम निरन्तर बढ्दै गएकाले बक्यौता रकमको वास्तविकता मिलाएर एकरूप अभिलेख बनाउने, ब्याज मिनाहा वा छुटका सम्भावित विकल्प एकिन गर्ने तथा ऋण तिर्ने तालिका पुनःसमायोजन गर्ने जस्ता विषयमा गम्भीर बहस भएको कार्यकारी सञ्चालक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, निगमको वास्तविक भुक्तानी क्षमता र दुवै कोषको आन्तरिक नीति मिलाएर व्यावहारिक समाधान निकाल्ने साझा इच्छा छलफलमा देखिएको छ ।

हालको छलफललाई ‘उपलब्धिमूलक र सकारात्मक सुरुवात’ भन्दै दुवै ऋणदाता र ऋणी संस्थाबीचको अविश्वास घटाउने, तथ्य–दस्तावेज मिलाउने तथा सहमतिको आधार निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा कार्यकारी सञ्चालक श्रेष्ठले उल्लेख गरे ।

निगमले आगामी दिनमा पनि दुवै निकायसँग निरन्तर गहन छलफल गरेर समाधान निकाल्ने योजना बनाएको छ ।

IME Lifesidebar
kumari