एनपीएलमा आज लुम्बिनी र चितवनबीच प्रतिस्पर्धा हुने
काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने भएको छ ।
अपराह्न ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा लुम्बिनीले पहिलो खेल खेल्दै छ भने चितवनले दोस्रो खेल खेल्न लागेको हो ।
यसअघि कर्णाली याक्ससँगको खेलमा जित हासिल गरिसकेको चितवन आज दोस्रो जितको खोजीमा छ भने लुम्बिनी आफ्नो पहिलो जितको प्रतीक्षामा छ ।
फर्चुन हेल्थ केयरको स्वामित्वमा रहेको लुम्बिनीले राष्ट्रिय टीमका कप्तान रोहित पौडेलको कप्तानीमा खेल खेलाउँदैछ भने चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवनले कुशल मल्ललाई मार्की खेलाडी बनाएको छ । हालसम्म कुनैपनि प्रतियोगितामा कप्तानी नगरेका उनी पहिलो पटक मार्की खेलाडीमा परेका थिए ।































