stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

पीएसजी बन्यो फ्रेन्च लिग कपको च्याम्पियन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी ) ले फ्रेन्च लिग कपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा लियोनलाई पराजत गर्दै पीएसजीले उपाधि कब्जा गरेको हो ।

निर्धारित समय र थप गरिएको समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टीबाट निर्णय लिइएको थियो । जसमा पीएसजीले ६ गोल गरेको थियो भने लियोनले ५ गोल मात्र गर्न सफल भयो ।

पीएसजीका सबै खेलाडीले गोल गरेका थिए । उता लियोनका बर्टरान्ड ट्राओरेको पेनाल्टीमा चुक्दा उसले हार बेहोर्नु परेको थियो ।

अन्तिम समयमा लियोन १० खेलाडीमा समेटिएको थियो । लियोनका राफयलले एन्जल डि मारियामाथि फल गरेपछि रेफ्रीलेलाई रातो कार्ड दिएका थिए । त्यसपछि ११९औं मिनेटमा राफयल मैदान बाहिरिए ।

अब पीएसजीले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दैछ । पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टासँग भिड्नेछ ।

prabhu mahalaxmi
kumari