citizens life insurance long ad

प्रधानमन्त्री ओलीद्वारा बकर ईदको शुभकामना, धार्मिक विविधताका माध्यमबाट देशलाई समृद्धिमा नयाँ उचाइमा पुर्‍याउनुपर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद (ईदुल जोहा) का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरेका छन्।

बकर ईदको अवसरमा एक शुभकामना सन्देश दिँदै उहाँले विविधता बीचको एकता मौलिक पूँजी भएको र यसका माध्यमबाट देशलाई विकास र समृद्धिमा नयाँ उचाइमा पुर्याउनुपर्ने उल्लेख गर्नुभएको छ ।

“मुस्लिम समुदायको यस पर्वले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने छ भन्ने मेरो विश्वास छ,” प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ।  मुलुकमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने हाम्रो राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा ब्यक्त गर्दछु । साथै उहाँले, समृद्ध–नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आ–आफ्नो ठाउँबाट सक्रिय रहन यस अवसरमा सबैमा हार्दिक आह्वान समेत गर्नुभएको छ ।

बकर ईदलाई करिव चार हजार वर्षअघि हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका अगाडि प्रस्तुत गरेको कुर्बानी (बलिदानी) को सम्झनास्वरुप मनाइने पर्वका रुपमा लिइन्छ।

 

IME Lifesidebar
kumari