stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

फाराम दर्ता तथा नवीकरणका लागि दैनिक ५० टोकन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोभिड–१९ को असरलाई ध्यानमा राख्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दैनिक ५० वटा टोकन वितरण गरेको छ ।

बन्दाबन्दी खुलेपछि विभागमा फाराम दर्ता तथा नवीकरण, संशोधन तथा खारेजीका लागि उपभोक्ताको लामो लाइन भएको भन्दै दैनिक ५० वटा टोकन वितरण गरेको हो ।

टोकन वितरणबाट उपभोक्तालाई सहज तथा कार्यमा समेत प्रगति भएको भन्दै आवश्यक काजजात अनलाइनमा पठाउन विभागले उपभोक्तालाई आग्रह गरेको छ ।

अनावश्यकरुपमा कार्यालयमा आउनुभन्दा आवश्यक कागजात मेल गरेपछि विभागले सबै प्रक्रिया पुगेका व्यवसायीलाई सम्पर्क गर्ने भन्दै साना कामका लागि कार्यालयमा आउन नपर्ने वातावरण सिर्जना गरेको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकरी दिए ।

आचार्यका अनुसार स्वास्थ्य सजकतालाई ध्यानमा राख्दै दैनिकरुपमा विभिन्न फाराम तथा नवीकरण, संशोधन तथा खारेजी गर्दा आवश्यक कागजात पुगेका ५० वटा मात्र टोकन दिने व्यवस्था गरेको हो ।

बन्दाबन्दीको अवधिमा दैनिक रुपमा २० वटा टोकन दिएर काम गर्दै आएकामा पछिल्लो समय उपभोक्ताको लामो लाइन भएपछि साउन १५ गतेदेखि दैनिक ५० वटा टोकन दिएर काम गरिएको छ ।

विभागमा उपभोक्ताको लामो लाइन भएपछि अन्य फाँटका कर्मचारीलाई समेत वाणिज्य व्यवसाय व्यवस्थापन तथा नियमन शाखामा राखेर काम गरिएको जनाइएको छ ।

विभागले साउन २० गतेदेखि वाणिज्य व्यवसाय दर्ता, नवीकरण, संशोधन तथा खारेजीलगायतका कार्यका लागि निवेदन र कागजात बुझ्ने काम अनलाइन माध्यमबाट समेत शुरु गर्ने भएको छ ।

बन्दाबन्दीको अवधिमा अनलाइनमार्फत कागजात बुझ्ने गरेकामा पुनः सोही कामलाई निरन्तरता दिन लागेको आचार्यले जानकारी दिए । रासस

prabhu mahalaxmi
kumari