च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना र पीएसजी विजयी

युरोपेली च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले बोरुसिया डर्टमन्डलाई हराएको छ ।
गएराति भएको खेलमा बार्सिलोनाले बोरुसिया डर्टमन्डलाई ४–० गोल अन्तरले हराएको हो । यस्तै गएराति भएको अर्को खेलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले एस्टन भिलालाई ३–१ गोल अन्तरले हराएको छ ।
यसअघिको खेलमा आर्सनलले रियल म्याड्रिडलाई र इन्टर मिलानले बायर्न म्युनिखलाई हराएका थिए ।