citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

१९ वर्षमुनिको महिला एशिया कपमा नेपालले आज भारतसँग खेल्दै

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ ।मलेसियाको बायुमास ओभलमा नेपालले समूह ‘ए’ को अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरू हुनेछ । यसअघि नेपालले हिजो पाकिस्तानलाई छ विकेटले हराएको थियो

यस्तै अस्ति उद्घाटन खेलमा भारतले पाकिस्तानलाई नौ विकेटले हराएको थियो । पाकिस्तानले लगातार दुई खेल हारेर बाहिरिएसँगै नेपाल समूह चरणको अन्तिम खेलअघि नै ‘सुपर–४’ मा प्रवेश गरेको थियो ।

एशियाका छ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् । समूह ‘बी’ मा भारत, पाकिस्तान र नेपाल छन् ।

दुवै समूहका शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् । सिङ्गल राउन्ड रोविनका आधारमा खेलिने सुपर फोरका शीर्ष दुई टोलीबीच फाइनल हुने छ ।

gold
himalayan life insurance long ad