stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

‘ए’ डिभिजन फुटबल क्लबलाई काठमाडौँ महानगरले १० लाख सहयोग रकम प्रदान

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । छ वटा ‘ए’ डिभिजन फुटबल क्लबलाई काठमाडौँ महानगरपालिकाले  रु १० लाखका दरले सहयोग रकम प्रदान गरेको छ ।

आज महानगरपालिकाले आयोजना गरेका कार्यक्रममा आफ्नो क्षेत्रभित्र रहेका छ वटा ए डिभिजन क्लबलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको हो ।

नगरप्रमुख विद्यासुन्दर शाक्यले उक्त रकम हस्तान्तरण गरेका हुन् । महानगरले गत वर्ष पनि ए, बी र सी डिभिजन क्लबलाई आर्थिक सहयोग गरेको थियो ।

आज सहयोग पाउने क्लबमा क्रमशः मछिन्द्र क्लब, सरस्वती युवा क्लब, हिमालयन शेर्पा क्लब, एनआरटी, सङ्कटा क्लब र मनाङ मस्र्याङडी क्लब रहेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख शाक्यले खेलकुद विकास तथा प्रर्वद्धनका लागि सहयोग रकम हस्तान्तरण गरेको बताए ।

शाक्यले खेलाडीको दैनिकी, व्यायाम र खेलकुदको विकासका लागि खेलकुदलाई शहरी जीवन पद्धति बनाउन महानगरले खेलकुदमा क्रमशः लगानी बढाउँदै लैजाने नीति लिएको पनि जानकारी दिए ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गरेको भन्दै प्रशंसा गरे ।

“डिभिजन क्लबहरुलाई आर्थिक सहयोग गर्ने ऐतिहासिक परम्पराको थालनी काठमाडौँ महानगरपालिकाले गरेपछि अहिले अन्य महानगरपालिकाले पनि त्यसलाई निरन्तरता दिएका छन्” शेर्पाले भने ।

त्यसैगरी मछिन्द्र क्लबका अध्यक्ष प्रवोधवीरसिंह कंसाकारले पनि खेल विकासका लागि महानगरपालिकाले गरेको सहयोगको प्रशंसा गरे । महानगरले उपलब्ध गराएको रकम क्लबहरुले खेलकुद प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउने छन् ।

क्लबहरुले आयोजना तथा सञ्चालन गर्ने प्रतिस्पर्धामा प्रयोग हुने जर्सी, ट्रयाक, ट्राउजर, फुटबल ब्याग जस्ता सामानमा महानगरको लोगो अङ्कित गर्नु पर्नेछ ।

महानगरको नीति र प्रचलित कानून विपरीत क्लबले काम गरे सम्झौता स्वतः खारेज हुनेछ । यसअघि २०७५ साल भदौ २५ गते प्रत्येक क्लबलाई रु ९ लाख ३० हजार सहयोग रकम प्रदान गरिएको थियो ।

यसैगरी २०७६ वैशाख २३ गते बी र सी डिभिजन क्लबलाई क्रमशः रु तीन लाख र रु दुई लाख सहयोग रकम प्रदान गरिएको थियो ।

prabhu mahalaxmi
kumari bank
kumari