stcnepal long ad
national life

क्यान सदस्यमा लामा र गिरी सिफारिस

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले छुम्बी लामा र धर्मराज गिरीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) को कार्यसमिति सदस्यका लागि सिफारिस गरेको छ ।

परिषद्‍बाट क्यानमा दुई सदस्य मनोनयन गर्ने प्रावधान अनुरुप लामा र गिरीलाई राखेपले सिफारिस गरेको हो । लामा र गिरीको मनोनयनसँगै क्यान कार्यसमितिले नौ महिनापछि पूर्णता पाएको छ ।

लामाले आफूले लामो समयसम्म दिएको योगदानको राखेपले कदर गरेको बताउनुभयो । उहाँले क्रिकेट विकासमा आफू लागिपर्ने उल्लेख गर्नुभयो ।

लामासित क्यानका पूर्वअध्यक्ष टङ्क आङबुहाङको टोलीमा रहेर काम गरेको अनुभव छ । उहाँले यसअघि क्यानमा चिफ अपरेटिङ अफिसरका रूपमा काम गरिसक्नु भएको छ । लामा पोखरा प्रिमियर लिग ९पिपीएल०को आयोजक क्वीन्स इभेन्टका प्रबन्ध निर्देशक समेत हुनुहुन्छ ।

यस्तै अर्का मनोनित सदस्य गिरी मदन मण्डारी स्पोर्ट्स फाउण्डेशनको क्रिकेट विभागका उपाध्यक्ष हुनुहुन्छ । राखेपले यही असार १० गतेको सदस्यस चिवस्तरीय निर्णयबाट लामा र गिरीलाई क्यान कार्यसमिति सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । रासस

gold
kumari bank
kumari
nawakantipur long