sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

बहराइनसँग नेपाल ३–० गोल अन्तरले पराजित

Nimb long ad
Prabhu Insurance Long Ad

फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल ३–० गोल अन्तरले पराजित भएको हो ।

बहराइनको जितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एक एक गोल गरेका थिए। नेपालले तिनै गोल पहिलो हाफमा खाएको थियो। दोस्रो हाफ भने गोलरहित सकिएको थियो।

जितसँगै बहराइन समूह एचमा ४ खेलमा ९ अंक हासिल गरेको छ र समूहमा दोस्रो स्थानमा रहेको छ। नेपाल भने चार अङ्कविहीन हुँदै पुछारमा रहेको छ।

यस समूहमा युएई ४ खेलमा सबै खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा छ भने यमनले ४ खेलमा एक खेल जितेर ३ अंकसहित तेस्रो स्थानमा रहेको छ।अब नेपालले विश्वकप छनौट अन्तर्गत आगामी जुनमा यमन र युएईसँग खेल्ने तालिका रहेको छ।

gold
prabhu bank
nawakantipur long