citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाली महिलाले एसिया कप खेल्ने

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । एसिसी महिला एसिया कप २०२४ मा नेपालको सहभागिता रहने भएको छ । महिला एसिया कप आगामी साउन ४ देखि १३ गतेसम्म श्रीलङ्कामा हुँदै छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले मङ्गलबार एसियाली क्रिकेट काउन्सिल ( एसिसी) को विश्वमा महिला क्रिकेटलाई प्रवर्धन गर्ने लक्ष्य अनुरूप एसिया कपमा आठ टिम सहभागी गराउने निर्णय गरेपछि नेपाल भाग्यमानी बनेको हो ।

सन् २०१८ मा छ तथा सन् २०२२ मा भएको पछिल्लो संस्करणमा सात टिमले मात्र खेलेका थिए । सन् २०१२ मा प्रत्येक दुई वर्षमा आयोजना गर्ने निर्णय अनुरूप टी–२० संरचनामा पहिलो पटक महिला एसिया  कप खेलिएको हो ।  तर सन् २०२० मा  कारोना महामारीका कारण यो प्रतियोगिता हुन सकेन ।

गत फागुनमा सम्पन्न एसिसी महिला प्रिमियर कपको सेमिफाइनलमा आयोजक मलेसियासँग नाटकीय तरिकाले चार विकेटले हारेपछि नेपालले एसिसी महिला एसिया कपमा खेल्ने अवसर गुमाएको थियो ।

सो समय एसीसी महिला प्रिमियर कपको फाइनलमा पुग्ने दुई टिम एसिया कपमा खेल्न योग्य हुने प्रावधान थियो । जसअनुरूप नेपाललाई हराएको मलेसिया र संयुक्त अरब इमिरेट्स एसिया कपमा चयन भएका थिए भने नेपाल एसिया कपको सँघारमा रहेर पनि चयन हुन नसकेको पीडासहित घर फर्केको थियो ।

तर अहिले आइसिसीको नयाँ निर्णयपछि नेपाल मात्र होइन, थाइल्यान्डले पनि एसिया कप खेल्न पाउने भएको छ । नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कप खेल्न लागेको हो । यसअघि सन् २०१२ र २०१६ मा पनि नेपाल महिला एसिया कपमा सहभागी भएको थियो ।

एसिसीले महिला एसिया कपमा रेफ्री र अम्पायर महिला नै रहने परम्परालाई श्रीलङ्कामा पनि कायम राख्ने जनाएको छ । एसिसीका अध्यक्ष जय शाहले विश्व क्रिकेटमा महिला क्रिकेटको लोकप्रियतालाई ध्यानमा राखी एसिसी प्रिमियर कपको सेमिफाइनलमा पुग्ने दुई टिमलाई पनि एसिया कपमा खेल्ने अवसर दिएको बताउनुभएको छ ।

एसिसीले मङ्गलबारै प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ । जसअनुसार नेपाल कठिन समूह ए मा रहेको छ । सो समूहमा उपाधि दाबेदार टिमहरू भारत र पाकिस्तानसँगै एसिसी महिला प्रिमियर कप विजेता युएई रहेका छन् ।

भारत सर्वाधिक सात पटकको विजेतासँगै गत च्याम्पियन टिम पनि हो । नेपालले आफ्नो पहिलो खेल उद्घाटन दिन पाकिस्तानसँग खेल्ने छ ।

त्यसपछि नेपालले जुलाई साउन ६ गते युएईसँग र साउन ८ गते भारतसँग खेल्ने छ । समूह बीमा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्यान्ड रहेका छन् । यी दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टिम फाइनलमा पुग्ने छन् ।आजको गोरखापत्र दैनिकमा समाचार छ।

himalayan life insurance
igi long