stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

एसियन कप फुटबलमा दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा

Nimb long ad
Prabhu Insurance Long Ad

एएफसी  एसियन  कप फुटबलमा दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कतारमा गएराति भएको खेलमा थाइल्याण्डलाई २–१ गोलले हराउँदै उज्वेकिस्तान क्वाटरफाइनलमा पुगेको हो ।

यस्तै, हिजोको अर्को खेलमा साउदी अरेबियालाई पेनाल्टीमा ४–२ ले हराएर दक्षिण कोरिया क्वाटरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

दक्षिण कोरियाले अब क्वाटरफाइनलमा अष्ट्रेलियासँग खेल्ने छ । एसियन कपमा आज क्वाटरफाइनल अघिका दुई वटा खेल हुँदैछन् । आज बहराइन र जापान तथा इरान र सिरिया खेल्ने तालिका छ ।

prabhu mahalaxmi
kumari