citizens life insurance long ad
stcnepal long ad

जावलाखेल युथ क्लब आहा–रारा गोल्डकपको सेमिफाइनलमा

Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । जावलाखेल युथ क्लब आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरामा जारी प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा सोमबार मनाङ मर्स्याङ्दीलाई सडन डेथमा हराउँदै जावलाखेल अन्तिम चारमा पुगेको हो।

पोखरा रंगशालामा निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयमा पनि दुवैतर्फबाट १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि सडन डेथमा जावलाखेल विजयी बन्यो। दुवै टोलीका ९ खेलाडीले पेनाल्टी हानेका थिए, जसमा जावलाखेल सडन डेथमा ७–६ ले जित्न सफल भयो।

मनाङका लागि नवौँ पेनाल्टी हानेका रन्दिप पौडेलको पेनाल्टी रोक्दै जावलाखेलका गोलकिपर अनिश देउलाले टोलीलाई सेमिफाइनलको बाटो लम्काए ।

यसअघि निर्धारित समयमा जावलाखेलका लागि हिसुब थपलिया र मनाङका लागि राजेश परियारले एक गोल गरेका थिए।

जावलाखेलले अब सेमिफाइनलमा अर्को ए डिभिजन टोली थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब पनि यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ।

आर्मीले अब सेमिफाइनलमा आगामी बिहीबार ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज क्लब र विभागीय टोली नेपाल पुलिस क्लबमध्येको विजेता टोलीसँग खेल्नेछ।

२३ औँ संस्करणको विजेताले उपाधिसहित १२ लाख १ हजार पाउने छ भने उपविजेता टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।

IME Life
kumari