citizens life insurance long ad
stcnepal long ad

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले “सलिको गल्फ टुर्नामेन्ट २०२३” आयोजना गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सलिको गल्फ टुर्नामेन्ट २०२३ आयोजना गर्ने भएको छ । कम्पनीले पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो ।

बिगतका बर्षहरु झैँ यस बर्ष पनि कम्पनीले यही मंसिर १५ र १६ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्ट, काठमाडौंमा सलिको गल्फ टुर्नामेन्ट २०२३ आयोजना गर्न लागेको हो ।

उक्त प्रतियोगितामा १६ विधाका खेलहरु आयोजना गरिनेछ । जसमा विभिन्न महिला पुरुष तथा बिभिन्न उमेर समुहका खेलहरु आयोजना गराईने छ ।

यस खेलकुद प्रतियोगिता आयोजना गरिनुको मुख्य उद्देश्य गल्फ खेलमा रुची राख्ने खेलाडीहरुको खेलको प्रस्तुतीलाई प्रस्फुटन गराउने तथा यस खेल प्रति रुची राख्ने जो कोही लागि खेलको आनन्दानुभूती गराउन समेत प्रतियोगिताको आयोजना गरिएकोछ ।

विश्वमा अधिक रुचाईएको खेल मध्ये गल्फ पनि एक रहेको भएतापनि नेपालको सन्दर्भमा यस खेलको विकास तथा विस्तार अपेक्षित रुपमा हुन नसकेको परिप्रेक्षमा यस प्रतियोगिताले खेलको विस्तारमा थप सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

 

IME Life
kumari