stcnepal long ad
ime life insurance
global ime bank long

आजअखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालिन बैठक बस्दै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालिन बैठक आज बस्दैछ । लकडाउनका कारण लामो समयदेखि बन्द रहेको एन्फा कम्प्लेक्स, सातदोवाटोमा सामाजिक दूरी कायम गरेर बैठकको तयारी गरिएको छ ।

स्रोतका अनुसार आजको बैठकका लागि चार वटा मुख्य एजेन्डा रहेको छ । बैठक मार्फत टासी घलेलाई एन्फाको मानार्थ अध्यक्षमा फर्काउन खोजिएको छ ।

यस्तै कोरोनाका कारण उत्पन्न परिस्थितीमा एन्फाले दिन सक्ने सहयोगका विषयमा पनि निर्णय हुनेछ । यसैगरी एन्फाको विरोध गरिरहेका जिल्ला फुटबल संघहरुमाथिको कारवाहीको विषयमा पनि एन्फा बैठकमा छलफल हुने बुझिएको छ ।

prabhu mahalaxmi
kumari