macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

अराउजोले इन्जुरी टाइममा गोल गर्दा बार्सिलोना विजयी

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । रोनाल्ड अराउजोले इन्जुरी टाइममा गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा शनिवार राती रियल सोसिडाडलाई १–० ले पराजित गरेको छ ।

भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहयोगमा अराउजोले गोलले मान्यता पाएपछि बार्सिलोनाले नाटकीय जितसहित तीन अंक जोड्यो ।

इल्के गुन्डोगानको क्रसमा हराउजोले सुरुमा हेड हानेको बमला सोसिडाडका गोलकिपर एलेक्स रेमिरोको खुट्टामा लागेर गोल भएको थियो ।

तर सुरुमा यसलाई रेफ्रीले अफसाइड भएका थिए पछि भिएआरले गोल दिएको हो । त्यसअघि बार्सिलोनाका लागि गोल गर्ने अवसर भए पनि गावीको प्रहार रेमिरोले बचाएका थिए ।

खेलमा सोसिडाडले पनि गोल गर्ने अवसर पाएको थियो । तर ताकेफुसा कुबो र मार्टिन जुबिमेन्डीको प्रहार बार्सिलोनाका गोलकिपर मार्क आन्ड्रे टेर स्टेगनले बताएका थिए ।

यो जितपछि बार्सिलोना १२ खेलबाट २७ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । तर क्याटलान छिमेकी गिरोनाभन्दा चार अंकले पछि छ । समान खेलबाट ३१ अंक जोडेर गिरोना शीर्ष स्थानमा छ । ११ खेलबाट २८ अंकसहित रियल मड्रिड दोस्रो स्थानमा छ ।

यस सिजन लयमा रहेको गिरोनाले शनिबार चाँडो भएको खेलमा ओसासुनालाई ४(२ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको थियो । दोस्रो स्थानको रियल मड्रिडले आज रायो भालेकानोसँग खेल्दैछ र उक्त खेल जित्दै शीर्ष स्थानमा पुग्ने अवसर छ ।

१९ कात्तिक २०८०, आइतवार ०६:३५ बजे प्रकाशित

NTA long ad