sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

जर्मन बुन्डेस लिगामा बर्लिनमाथि डर्टमुन्डको संघर्षपुर्ण जित

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

एजेन्सी । जर्मन बुन्डेस लिगामा उपाधिको झिनो आशा बोकेको बोरुसिया डर्टमुन्डले हेर्था बर्लिनमाथि संघर्षपुर्ण जित निकालेको छ । सिग्नल इडना पार्कमा शनिबार राति भएको खेलमा डर्टमुन्डले १–० को संघर्षपुर्ण जित निकाल्दै उपाधिको झिनो आशा जीवितै राखेको हो ।

बायर्नको संघर्षपुर्ण जितमा इम्री क्यानले गरेको गोल नै निर्णायक बन्यो । क्यानले दोस्रो हाफमा जुलियन ब्रान्डको पासमा गोल गरेका थिए ।घरेलु मैदानमा डर्टमुन्डले बर्लिनलाई शुरुवातदेखि नै दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

२२औं मिनेटमा जुलियन ब्रान्डको पासमा थोर्गन हजार्डको प्रहारलाई डिफेन्डरले क्लियर गरिदिदा डर्टमुन्ड अग्रता लिनबाट चुक्यो । लगत्तै २४औं मिनेटमा जुलियन ब्रान्डको प्रहार पोस्टबाट थोरै बाहिरियो ।

५१ओं मिनेटमा एलेक्स विस्टेलले गोल गर्ने सुन्दर अवसर खेर फाल्यो । ५५औं मिनेटमा हेर्थाले मौका पाएपनि सदुपयोग गर्न सकेन । ५७औं मिनेटमा इम्री क्यानले जुलियन ब्रान्डका पासमा गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । त्यसपछि पनि दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा क्यानको एक गोल नै डर्टमुन्डको जितमा निर्णायक बन्यो ।

जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी ७ मै राखेको छ । डर्टमुन्डको ६३ तथा बायर्नको ७० अंक छ । डर्टमुन्डलाई च्याम्पियन बन्न बाँकी रहेको सबै चार खेलमा जित निकाल्नुको विकल्प नरहँदा बायर्नलाई केवल दुई जितको खाँचो छ । हारपछि हेर्था ३८ अंक जोडेर नवौं स्थानमा यथावत छ ।

बायर्नले अब बोरुसिया मोन्चेनग्लाडवाच, वेर्डर ब्रेमेन, फ्रेइवर्ग र वल्फ्सवर्गसँग खेल्न बाँकी छ । डर्टमुन्डले डुसेलडर्फ, माइन्ज, आरबी लाइप्जिग र होफेनहाइनसँग खेल्न बाँकी छ ।

gold
kumari bank
nawakantipur long