अंग्रेजी नयाँ वर्षमा आइएमईले ल्यायो ” नयाँ वर्षकाे उपहार, जितौँ हजारौँ हजार”
काठमाडौं । आइएमईले “नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार” भन्ने मूल नाराका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षका अवसरमा सेवाग्राहीमैत्री स्किम सार्वजनिक गरेको छ।
स्किम अनुसार सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत ४ देशहरुवाट ४ जना साप्ताहिक विजेता छनोट गरिने जनाएकाे छ। यसरी छनोटमा परेका प्रतिसेवाग्राहीले रु. १० हजार उपहारस्वरूप प्राप्त गर्नेछन्।
त्यस्तै बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट ४ जना भाग्यशाली विजेताहरु छनोट गरिने छन्। यसरी छनोटमा परेका प्रतिसेवाग्राहीले रु. ४० हजार बम्पर उपहार स्वरूप प्राप्त गर्नेछन्।
कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत नेपाल पैसा पठाउने सेवाग्राही यो योजनामा सहभागी बन्न पाउने छन्।
यो योजना आज डिसेम्बर २३ देखि ४ फेब्रुअरी २०२२ (पुस ८ गतेदेखि माघ २१ गते) सम्म गरी जम्मा ४३ दिन अर्थात ६ हप्तासम्म कायम हुने जनाएकाे छ।
विजेताहरुको घोषणा सिस्टममा आधारित लक्की ड्रमार्फत गरिने छ भने सो सम्बन्धी जानकारी कार्यालयका आधिकारिक सामाजिक सञ्जाल र वेब पेजहरुका अतिरिक्त आमसञ्चार माध्यम मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध कम्पनीले सेवा शुभारम्भको २१ औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ।























