राजस्व छलीका ३५ थान मोबाइलसहित एक जना पक्राउ
काठमाडौँ । राजस्व छलीका ३५ थान मोबाइल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–२ घर भई ललितपुरको बालकुमारी बस्ने सरोज योञ्जनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
योञ्जनले सञ्चालन गरेको ट्रेन्डिङ मोबाइल हबबाट करिब १५ लाख रुपैयाँ बराबरका मोबाइलहरू बरामद गरिएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता नकुल पोखरेलले जानकारी दिए ।
राजस्व/भन्सार छली चोरी पैठारी गरी मोबाइल ल्याई बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका योञ्जनलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएका प्रवक्ता पोखरेलले जानकारी दिए ।




























