stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ईसेवाले ल्यायो क्यूआर कोडमार्फत भुक्तानी गर्दा बोलेर जानकारी दिने डिभाइस ‘ईस्पिकर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । डिजिलट वालेट ईसेवाले क्यूआर कोडमार्फत भुक्तानी गर्दा बोलेर जानकारी दिने डिभाइस ‘ईस्पिकर’ सार्वजनिक गरेको छ । बुधबार आयोजित कार्यक्रममा कम्पनीले ‘ईस्पिकर’ सार्वजनिक गरेको हो ।

व्यवसायिक तथा व्यक्तिगत प्रयोजनका लागि क्यूआर प्रणाली प्रयोग गर्ने प्रयोगकर्ताको समस्यालाई ध्यानमा राख्दै डिभाइस ल्याएको कम्पनीले बताएको छ ।

‘क्यूआरमार्फत भुक्तानी गर्दा एसएमएस ढिलो आउँदा भुक्तानी पुष्टि गर्न व्यवसायी र ग्राहक दुवैलाई समस्या भइरहेको हुन्छ’, कम्पनीले ब्लगमा भनेको छ, ‘ईस्पिकरले भने क्यूआर मार्फत भुक्तानी हुनासाथ डिभाइसमा अडियो नोटिफिकेसन पठाउँछ र डिभाइसले भुक्तानी सफल भएको जानकारी दिन्छ ।’

यसपछि ग्राहकले भुक्तानी भइसकेको स्क्रिनशट व्यवसायीलाई देखाउन पर्ने झन्झट कम हुने कम्पनीको विश्वास छ । ई–सेवाका सबै मर्चेन्टले ईस्पिकर प्रिअर्डर गर्न सक्नेछन् ।

कात्तिक १ गतेदेखि नै बुकिङ सुरु भएको भन्दै कम्पनीले बुकिङ गर्ने प्रयोगकर्तालाई यो डिभाइस मंसिर ४ गते नेपालभर उपलब्ध गराउने बताएको छ ।

दसैंको अवसरमा कम्पनीले यो डिभाइस ३ हजार ६०० रुपैयाँमा उपलब्ध हुने बताइएको छ । उक्त अवधि सकिएपछि भने ईस्पिकर खरिद गर्ने प्रयोगकर्ताले ४ हजार रुपैयाँ तिर्नुपर्ने पनि कम्पनीले बताएको छ । यो डिभाइस नेपाली स्टार्टअप कम्पनी यार्सा टेकले विकास गरेको हो ।

prabhu mahalaxmi
kumari