sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

इसेवा र नागरिक लगानी कोषबीच सम्झौता, नागरिक पेन्सन योजनाको मासिक भुक्तानी सजिलै गर्न सकिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इसेवा प्रालि र नागरिक लगानी कोषबीच सेवा बिस्तार बारे सोमबार एक सम्झौता सम्पन्न भएको छ । उ

क्त सम्झौता अनुसार नागरिक लगानी कोषका सेवाग्राहीहरुले इसेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजना को मासिक भुक्तानी तथा सबै कर्जाको भुक्तानी सजिलै गर्न सक्नेछन् ।

उक्त सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का तथा नागरिक लगानी कोषका तर्फबाट निर्देशक सीए शोभा श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

हाल ८० लाख प्रयोगकर्ताको संजाल रहेको इसेवा र नागरिक लगानी कोषको यो सहकार्यले नेपाल सरकारको डिजिटल नेपालको अवधारणालाई टेवा दिँदै विद्युतिय भुक्तानीलाई अभिप्रेरित गर्ने विश्वास लिइएको छ ।

 

gold
prabhu bank
nawakantipur long