citizens life insurance long ad
stcnepal long ad

हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत महानगरपालिकाले रोप्दै बिरुवा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। काठमाडौं महानगरपालिकाको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत महानगरका विभिन्न क्षेत्रमा फूललगायत विभिन्न जातका बिरुवा रोप्न थालेको छ।

यसै सिलसिलामा महानगरपालिकाको वडा नं २८ ले भने बागबजार क्षेत्रमा रहेका गमलासहित फूल तथा अन्य बिरुवा राखेको छ।

भृकुटीमण्डप, राष्ट्रिय सभागृह रोड, शंकरदेव क्याम्पस रोड, बागबजार क्षेत्र महाँकाल भैरव क्षेत्रमा गमलासहित बिरुवा राखेको हो।

महानगरपालिकाको वडा नं २८ का वडासचिव मोक्षप्रसाद दुलालले वडाले एक सय ५५ वटा गमलासहित धुपी, समी, कपुर तथा फूलको बिरुवा रोपेको जानकारी दिए।

उनका अनुसार महानगरपालिकाले सुरु गरेको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत अहिलेसम्म छ सय बिरुवा रोपिसकेको र सडक छेउछाउमा भने गमलामा बिरुवा राखिएको छ।

उक्त अभियान सो वडाले गएको जेठबाट सुरु गरेको हो। महानगरपालिकाले यसअघि हरित विद्यालय अभियानसमेत सुरु गरेको थियो।

IME Life
kumari