citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

वीरगञ्ज महानगरले ल्यायो चार अर्ब ४२ करोडको बजेट

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चार अर्ब ४२ करोड ३४ लाखको बजेट ल्याएको छ ।

बुधबार महानगरको नगरसभाको २०औँ अधिवेशनमा महानगरका कार्यवाहक मेयर इम्तियाज आलमकातर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षका लागि चार अर्ब ४२ करोड ३४ लाखको आय–व्ययसहितको बजेट प्रस्तुत गरेका हुन् ।

वीरगन्ज महानगरको बजेटमा चालू खर्चतर्फ दुई अर्ब ४० करोड ३४ लाख अर्थात् ५४.३ प्रतिशत तथा पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख अर्थात् ४४.६ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ पाँच करोड अर्थात् १.१ प्रतिशत रहेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतहरुमा संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख, आन्तरिक राजश्वबाट १ अर्ब ४८ करोड, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्क बापत ४५ करोड र गत वर्षको नगद  मौज्दातबाट  चार करोड ६९ लाख  तथा नगर विकास कोषबाट १५ करोड व्यहोरिने उल्लेख छ ।

बजेटमा शिक्षा र स्वास्थ्य सेवा, महानगरको सरसफाई व्यवस्थापन, वन तथा वातावरण संरक्षण, कृषि, पर्यटन र उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार र प्रविधिमा आधारित सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ ।

 

IME Life
ofukuro
kumari