stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

उपप्रमुख डङ्गोल महानगरको कार्यवाहक प्रमुख

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले राजीनामा दिएसँगै उपप्रमुख सुनिता डङ्गोल कार्यवाहक प्रमुख बन्नुभएको छ ।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौँ महानगरपालिको प्रचलित कानुनी व्यवस्थाबमोजिम महानगर प्रमुख साहले राजीनामा दिएसँगै उहाँ कार्यवाहक प्रमुख बन्नुभएको हो ।

प्रमुख साहले आज उपप्रमुख डङ्गोलसमक्ष पेस गर्नुभएको राजीनामा पत्रमा भनिएको छ, ‘नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम, म काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट माघ ४ गतेदेखि लागू हुनेगरी स्वेच्छाले राजीनामा पेस गर्दछु ।’

संविधानमा नगर कार्यपालिका प्रमुख उपप्रमुखबारे व्यवस्था गरिएको छ भने नेपालको संविधान २०७२ को धारा, ११६ को उपधारा, ८ मा मेयरले उपमेयरसमक्ष राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । प्रमुखले उपप्रमुखसमक्ष र उपप्रमुखले प्रमुखसमक्ष लिखित राजीनामा दिएमा, पदावधि समाप्त भएमा र मृत्यु भएमा पद रिक्त हुने व्यवस्था यो धारामा छ ।

साहले पदबाट राजीनामा दिएपछि डङ्गोलले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्दै आज नगर कार्यपालिका बैठक आह्वान गरी प्रमुख साहले पदबाट राजीनामा दिएको जानकारी गराउनुभएको थियो ।

बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले प्रमुख साहले आफ्नो कार्यकालमा महानगरको विकास, सुशासन लगायतका क्षेत्रमा गरेको कामको धन्यवाद व्यक्त गर्नुभयो ।

prabhu mahalaxmi
kumari