stcnepal long ad
global ime bank long

काठमाडौं महानगरमा १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडान हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरपालिकामा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको छ। महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेख्दै ६२ वटा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको जानकारी दिएका हुन्।

मेयर शाहले लेखेका छन्, ‘विगत ३ वर्षदेखि विविध कारणबस रोकिएको हाम्रो पहिलो प्राथमिकतामा रहमध्येको उज्यालो महानगर योजना अन्तर्गत काठमाडौं महानगरको लगानीमा करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको छ। जसअन्तर्गत हालसम्म १२ वटा लाइट प्रज्वलन भइसकेका छन्।’

मेयर शाहले दशैँभन्दा अघि बाँकी सबै लाइट प्रज्वलन गर्ने तयारी भइरहेको बताए। उनले भने,’अघिल्लो कार्यकालमा राखिएका तर बत्ती नबलेका दुई हजारभन्दा बढी सोलार स्ट्रीट लाइटलाई इलेक्ट्रिकलमा विस्थापित गरी हाल बलिरहेका छन्।’

मेयर शाहले करिब ८५ करोडको स्ट्रीट लाइट खरिद तथा जडानको अन्तिम चरणको तयारी भइरहेको बताए। जडान सकिएपछि यसै वर्षभित्र काठमाडौं महानगर पूर्ण उज्यालो हुने अपेक्षा गरेको उनले बताए।

IME Lifesidebar
kumari