stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कक्षा ११–१२ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै काठमाडौं महानगर, आजदेखि अनलाइन आवेदनको व्यवस्था

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयहरूमा कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति खुलाएको छ ।

महानगरले एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८२/०८३ का लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति उपलब्ध गराउने जनाएको हो ।

इच्छुक  विद्यार्थीहरूले  आज १८ असारदेखि २७ असारसम्म अनलाइन आवेदन फाराम भर्न सक्नेछन् । छात्रवृत्तिका लागि प्रवेश परीक्षा भने आगामी ३ साउन बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ ।

विद्यार्थी तथा अभिभावकले महानगरपालिकाको वेबसाइट entrance.kathmandu.gov.np मा गएर सिधै अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

सूचनामा उल्लेख गरिएअनुसार, विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र सम्बन्धी विस्तृत विवरण पछि प्रकाशन गरिनेछ ।

थप जानकारीका लागि काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np हेर्न सकिने सूचनामा उल्लेख छ ।

prabhu mahalaxmi
kumari