citizens life insurance long ad

गैँडाकोट नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल नगरपालिका संघको ३२औँ स्थापना दिवसको अवसरमा नवलपुरको गैँडाकोट नगरपालिका उत्कृष्ट नगरपालिकाको रूपमा पुरस्कृत भएको छ। नगरपालिका संघको ३२ औँ स्थापना दिवसको अवसरमा गैँडाकोट नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार, २०८१ प्रदान गरिएको हो।

आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय आर्थिक विकास क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेकोले सोको उच्च मूल्यांकन गर्दै गैँडाकोट नगरपालिकालाई यसवर्षको उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ प्रदान गरिएको नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानीधि देवकोटाले जानकारी दिए।

‘यो सम्मान र पुरस्कारले हामीलाई आगामी दिनमा अझै राम्रो काम गर्नका लागि थप हौसला प्रदान गरेको छ। साथै हामीलाई थप उत्प्रेरित समेत गरेको छ भने सँगसँगै चुनौती पनि थपेको छ’ गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले भने।

उत्कृष्ट नगरपालिकाको सम्मान पाएकोमा खुसी हुँदै आगामी बाँकी कार्यकालमा पनि झनै उत्कृष्ट कार्य आफ्नो तवरबाट सक्दो सहयोग गर्ने गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले बताए।

संघले काठमाडौँमा आयोजना गरेको समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो।

IME Lifesidebar
kumari