stcnepal long ad
ime life insurance
global ime bank long

जीवनबिमा कम्पनीहरूको व्यापारले पनि लय समाउन थाले

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । अर्थतन्त्रका बाह्य सूचकहरूमा सुधार आउँदै गर्दा मुलुकमा सञ्चालनमा रहेका जीवनबिमा कम्पनीहरूको व्यापारले पनि लय समाउन थालेको छ । अर्थतन्त्रका बाह्य सूचकमा सुधार देखिँदै आएको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गर्ने पछिल्लो वित्तीय स्थिति प्रतिवेदन अनुसार मुलुकको शोधनान्तर (भुक्तानी) स्थिति, विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्सलगायतका सूचकमा सुधार देखिँदै आएको छ ।

अर्थतन्त्रले सकारात्मक बाटो समाउँदा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा जीवनबिमा कम्पनीले ६६ अर्बभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् ।

अहिले नेपालमा सञ्चालित १४ वटा जीवनबिमा कम्पनी र तीन लघु जीवनबिमा कम्पनीहरूले मङ्सिर मसान्तसम्ममा कुल ६६ अर्ब १४ करोड ५३ लाख ३२ हजार रुपियाँ बराबर बिमा शुल्क सङ्कलन गरेका हुन् । समीक्षा अवधिमा १४ वटा जीवनबिमा कम्पनीहरूले मात्रै ६५ अर्ब बढी बिमा शुल्क आर्जन गरेका छन् ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीले बिमा शुल्कलाई चार अर्ब ३८ करोड ७२ लाख ९६ हजार रुपियाँले बढाएका हुन् । पछिल्लो एक महिनामा मात्रै जीवनबिमा कम्पनीहरूको व्यापार १२ अर्ब ४४ करोड ६२ लाख रुपियाँले बढेको हो ।

जीवनबिमा कम्पनीहरूले यो अवधिमा ५२ अर्ब आठ करोड १९ लाख रुपियाँ नवीकरण बिमा शुल्क र एक अर्ब १८ करोड ९७ लाख रुपियाँ वैदेशिक रोजगार बिमाशुल्क आर्जन गरेका छन् भने पहिलो बिमाशुल्क मात्रै १२ अर्ब ४७ करोड एक लाख रुपियाँ रहेको छ । अहिले कुल सक्रिय बिमालेख सङ्ख्या एक करोड ३३ लाख ४२ हजार २४६ वटा रहेको छ ।

मङ्सिर महिनामा मात्र जीवनबिमा कम्पनीले तीन लाख ७७ हजार ९२८ वटा बिमालेख जारी गरी १२ अर्ब ३४ करोड ८६ लाख रुपियाँ बराबरको बिमा शुल्क आर्जन गरेका छन् ।

यस्तै नवीकरण बिमाशुल्क नौ अर्ब ३९ करोड ४३ लाख रुपियाँ, वैदेशिक रोजगार बिमाशुल्क २७ करोड ८७ लाख र पहिलो बिमाशुल्क दुई अर्ब ६७ करोड ५४ लाख रुपियाँ रहेको छ । पहिलो बिमाशुल्क वैदेशिक रोजगारबाहेक हो ।

नेपाल लाइफको अग्रता

चालु आवको पहिलो पाँच महिनामा नेपाल लाइफ इन्स्योरेन्सले १८ अर्ब ७६ करोड ४८ लाख ३२ हजार रुपियाँ बिमाशुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई पछ्याउँदै नेसनल लाइफ इन्स्योरेन्सले सात अर्ब ९८ करोड ६८ लाख २० हजार रुपियाँ बिमाशुल्क आर्जन गरेर दोस्रो बनेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले सात अर्ब ६६ करोड ३६ लाख ४८ हजार रुपियाँ बिमाशुल्क आर्जन गरेको छ ।

हिमालयन लाइफले छ अर्ब ७९ करोड १४ लाख ५९ हजार रुपियाँ, एसियन लाइफले तीन अर्ब ३६ करोड चार लाख ४१ हजार रुपियाँ, सूर्यज्योति लाइफले तीन अर्ब ९९ करोड ६८ लाख २५ हजार रुपियाँ, राष्ट्रिय जीवनबिमा कम्पनीले दुई अर्ब २५ करोड ८१ लाख २३ हजार रुपियाँ बिमाशुल्क आर्जन गरेको छ ।

यस्तै मेट लाइफले दुई अर्ब ३३ करोड २० लाख १३ हजार रुपियाँ, आइएमई लाइफले एक अर्ब ८९ करोड ४९ लाख ७३ हजार रुपियाँ, सन नेपाल लाइफले एक अर्ब ५७ करोड ५६ लाख २० हजार रुपियाँ बिमाशुल्क आर्जन गरेका छन् ।

रिलायबल नेपाल लाइफले एक अर्ब ९२ करोड १५ लाख ९६ हजार रुपियाँ, सिटिजन्स लाइफले दुई अर्ब ६५ करोड ५४ लाख २९ हजार रुपियाँ, सानिमा रिलायन्सले दुई अर्ब ५९ करोड ७५ लाख २१ हजार रुपियाँ, हिमालयन लाइफले छ अर्ब ७९ करोड १४ लाख रुपियाँ बिमाशुल्क आर्जन गरेको छ ।

प्रभु महालक्ष्मी लाइफले एक अर्ब ९४ करोड २५ लाख ४९ हजार रुपियाँ र बिमाशुल्क आर्जन गरेका छन् । लघुबिमा कम्पनीको चालिस करोडमाथि चालु आवको पाँच महिनामा लघु जीवनबिमा कम्पनीले ४० करोड ३४ लाख ८४ हजार रुपियाँ बिमा शुल्क आर्जन गरेका छन् ।

समीक्षा अवधिमा गार्डियन माइक्रो लाइफले १५ करोड ५७ लाख ४१ हजा्र रुपियाँ बिमा शुल्क आर्जन गरेर अग्रता कायम गरेको छ ।

गार्डियनलाई पछ्याउँदै क्रेस्ट माइक्रो लाइफले १४ करोड ७८ लाख ७७ हजार रुपियाँ तथा लिबर्टी माइक्रो लाइफले नौ करोड ९८ लाख ६७ हजार रुपियाँ बिमाशुल्क आर्जन गरेका छन् ।

prabhu mahalaxmi
kumari