stcnepal long ad
global ime bank long

घुस प्रकरणमा पोखरा महानगरपालिकाका इन्जिनियर बराल पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ।  पोखरा महानगरपालिकाको  घुस प्रकरणमा  थप एक जना इन्जिनियर पक्राउ परेका छन् । घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा घुस लिएको आरोपमा पोखरा महानगरका घर नक्सा शाखाका इन्जिनियर शिवराज बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो ।

यसअघि गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा सब–इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले पक्राउ गरेको थियो । उनीहरू १ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए ।

सोही प्रकरणमा बराललाई पक्राउ गरी अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाइएको सूचना अधिकारी जगदीश शिवाकोटीले जानकारी दिएका छन् । उनीहरूले एउटै काममा पटक–पटक घुस लिएको खुलेको अख्तियारले जनाएको छ ।

गएको चैत २८ गते सवइन्जिनियर रोकायालाई पोखरा ५, मालेपाटनबाट र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरजलाई पोखरा–४ सेल्वेजबाट पक्राउ गरिएको थियो ।

IME Lifesidebar
kumari