stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सहकारीको साँवा व्याज समयमै भुक्तान गर्न ऋणीलाई ललितपुर महानगरको आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । ललितपुर महानगरपालिकाले ऋणीले सावा व्याज भुक्तानी नगरेकोले सहकारीको सङ्कट गहिरिँदै गएको भन्दै समयमै आफ्नो दायित्व पूरा गर्न ऋणीहरूलाई आग्रह गरेको छ ।

सहकारी संस्थाबाट सदस्यहरूको बचत रकम नै कर्जाको रूपमा प्रवाह हुने र ऋणी सदस्यहरूले समयमा नै आफूले भुक्तानी गर्नु पर्ने साँवा तथा ब्याज फिर्ता नगर्दा बचतकर्ताको बचत फिर्ता गर्न असहज परिस्थिति सृजना भएको भन्ने गुनासो आएको महानगरको भनाइ छ ।

आज एक सूचना जारी गर्दै महानगरले भनेको छ– ऋणी सदस्यले समयमा नै ऋण भुक्तानी नगरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा ललितपुर महानगरपालिकाको सहकारी ऐन २०७५ को दफा ६२ बमोजिम ऋणी सदस्यहरूको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था समेत रहेको हुँदा प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो सोही बमोजिम ऋणको साँवा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी सहकारीमा देखिएको समस्या समाधान गर्न सहयोग गरी दिनु हुन सम्पूर्ण ऋणी सदस्यहरूमा अनुरोध गरिन्छ ।

 

prabhu mahalaxmi
kumari