citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

ललितपुर महानगरपालिकाले महानगर उज्यालो अभियान अन्तर्गत स्मार्ट सडक बत्ती जडान गर्ने कार्य विस्तार

kumari bank
Prabhu Insurance Long Ad
global bank

ललितपुर । ललितपुर महानगरपालिकाले महानगर उज्यालो अभियान अन्तर्गत स्मार्ट सडक बत्ती जडान गर्ने कार्य विस्तार गरेको छ । महानगरभरि नै रात्रिकालीन समयमा सहज रूपमा आवतजावत गर्न सकिने गरी महानगरपालिकाले सडक बत्ती विस्तार गर्ने कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको हो ।

बिहीबार महानगरपालिका वडा नं. २५ स्थित भैँसेपाटीमा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा सडक बत्तीको उद्घाटन गर्नुभयो ।

उक्त सडक बत्तीको संयुक्त रूपमा उद्घाटन गरेसँगै अब महानगरपालिकाभित्र स्मार्ट सडक बत्तीको सङ्ख्या दुई हजार ७९ वटा पुगेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अब महानगरपालिकाको भैँसीपाटी, खोकना, धापाखेल, सुनाकोठी, हरिसिद्धिलगायतका चक्रपथबाहिरका प्रमुख सडकहरूमा स्मार्ट सडक बत्ती जडान भई रात्रिकालीन समयमा सहज आवतजावत गर्न सकिने भएको बताउनुभयो ।

महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लागत साझेदारीमा उक्त सडक बत्ती जडान गरिएको हो ।

gold
himalayan life insurance long ad