macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

पाँचपोखरी थाङपालखर हेटौँडा उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका र हेटौँडा उपमहानगर पालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।

आज पाँच पोखरी थाङपाल– ४ स्थित नागी थामडाँडा एवं पेमाछल उद्यान केन्द्रमा गुरु रिन्पोछे ९पद्मा सम्भव० को प्रतिमा अनावरण कार्यक्रममा दुई पक्षबीच भगिनी सम्बन्धको लागि समझदारी भएको हो ।

हेटौँडा उपमहानगरपालिकाका वित्त व्यवस्थापन महाशाखाका प्रमुख अनिरुद्ध नेपालको रोहबरमा पाँच पोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा र हेटौँडा उपमहानगर पालिकाकी प्रमुख मीनाकुमारी लामाबीच समझदारी पत्रमा हस्ताक्षर भएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेलले बताए ।

गाउँपालिकाका अध्यक्ष लामाले हिमाली भेगमा रहेको पालिका र तराई क्षेत्रको उप–महानगरपालिकाबीच स्थापित सम्बन्धले साझेदारी प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

पेमाछल उद्यान केन्द्रका प्रमुख लामा फूर्वा सिङ्गी लामाले पाँच पोखरी पर्यटकीय गन्तव्य रहको भन्दै त्यसको विकासका लागि दुवै पालिका मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

हेटौँडा उपमहानगर पालिकाकी प्रमुख मीनाकुमारी लामाले पाँच पोखरीको विकासका लागि हेटौँडा उपमहानगरपालिकाको सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

himalayan life insurance
igi long
NTA long ad