macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी १.६१ गुणा बढी आवेदन पर्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओमा पहिलो दिनमै माग भन्दा १.६१ गुणा बढी आवेदन परेको छ ।

पहिलो दिन आज शुक्रबार मंसिर ८ गते साँझसम्ममा १८ करोड ४४ लाख ८७ हजार रुपैयाँ बराबरको १८ लाख ४४ हजार ८७० कित्ताका लागि आवेदन परेको हो । जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको तुलनामा १।६१ गुणा बढी हो ।

पहिलो दिनमा १ लाख ६४ हजार ८४२ जना सर्वसाधारणले आवेदन दिएका छन् । का लागि बिक्री खुला भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २०५ ले हुने १४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये, कम्पनीले पहिलो चरणमा सोको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो । यसमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

himalayan life insurance
igi long
NTA long ad