सुनचाँदीको मूल्य घटयो
काठमाडौं । नेपाली बजारमा आज पुस २२ गते बिहीबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो पुस २१ गते बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। सो दिन प्रतितोला छापावाल ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार २ सय ६० रुपैयाँमा किनबेच भएको थियो।























