stcnepal long ad
global ime bank long

प्रधानमन्त्री देउवाको भ्रमण अकस्मात स्थगित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । भारतको गुजरातमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहभागिता जनाउने ‘भाइब्रेन्ट गुजारत समिट’ कार्यक्रम हाललाई स्थगित गरिएको छ । सो कार्यक्रम स्थगित भएसँगै प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि स्थगित हुने भएको छ ।

भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना हुन लागेको ‘भाइब्रेन्ट गुजरात समिट ‘ओमिक्रोनका कारण स्थगित भएको छ । गुजरात सरकारले बढ्दो ओमिक्रोनको संक्रमणलाई मध्यनजर गर्दै उक्त कार्यक्रम स्थगित गरेको भारतीय सञ्चार माध्यम एएनआईले उल्लेख गरेको छ ।

यसै कार्यक्रममा सहभागिता जनाउन पुस २५ गते प्रधामन्त्री शेरबहादुर देउवा भारतको गुजरात जाने कार्यक्रम तय भएको थियो । ओमिक्रोनको संक्रमणका कारण उक्त कार्यक्रम स्थगित भएसँगै प्रधानमन्त्री देउवाको भारत भ्रमण स्वतः स्थगित हुने र औपचारिक निर्णय केही समयमा आउने बालुवाटार श्रोतले जनाएको छ ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा फैलिएको छ । ओमिक्रोनलाई मध्यनजर गर्दै भारतीय राष्ट्रिय कांग्रेससहितका विपक्षी दलले भाइब्रेन्ट गुजरात समिट रोक्न माग गरेका थिए ।

IME Lifesidebar
kumari