प्रधानमन्त्री देउवा पुस २५ गते भारत जाने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा यही पुस २५ गते आइतबार मित्र राष्ट्र भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को हिजो बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको छ ।
सरकारका एक मन्त्रीले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवासहितको २५ सदस्यीय टोली आगामी पुस २६ गते सोमबार गुजरातमा सुरु हुने’भाइब्रेन्ट गुजरात समिट’ मा सहभागी हुन भारतको गुजरात प्रान्तको गान्धीनगर जान लागेका हुन ।
चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी,गृह मन्त्री अमित शाह,रक्षा मन्त्री लगायतसँग भेटवार्ता समेत गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री सहितको टोली नेपाल एयरलाइन्सको विमान मार्फत यहीआइतबार दिल्ली हुँदै अहमदावाद जाने छन।























