citizens life insurance long ad
stcnepal long ad

दहचोक युवा समुहमा नयाँ नेतृत्व

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । चन्द्रागिरि– १ दहचोकस्थित दहचोक युवा समुहमा नयाँ नेतृत्व चयन भएको छ । दहचोक युवा समुहको छैठौं–दसौं साधारणसभाबाट राजु गिरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । निर्वाचन अधिकृत शशिकुमार गिरीको संयोजकत्वमा समाजसेवी रोशन दानी र लक्ष्मी सिग्देल सदस्य रहेको निर्वाचन कमिटीले निर्वाचन सम्पन गराएको हो ।

नयाँ कार्य समितिमा अध्यक्ष राजु गिरी, उपाध्यक्ष मणिराम गिरी, सचिव जीवन कुमार गिरी, कोषाध्यक्ष पुर्णबहादुर गिरी रहेका छन् । यसैगरी सदस्यहरूमा क्रमशस् अनिता गिरी, राजेन्द्र गिरी, आत्माराम गिरी, दिपक गिरी, अनुप गिरी, राजन गिरी, रामभरोसा गिरी निर्वाचित भएका छन् ।

कार्यक्रममा बोल्दै दहचोकका वडाअध्यक्ष राजेन्द्र केसीले सामाजिक रूपान्तरणमा दहचोक युवा समुहले पुर्‍याएको योगदान अतुलनीय रहेको चर्चा गर्दै सामाजिक विकासमा युवाहरू एकताबद्ध रूपमा अगाडि बढ्न सके गाउँ(समाजमा तीव्र रूपमा विकासको मूल फुट्ने बताए । जनप्रतिनिधि विहीन राज्य व्यवस्थामा जनप्रतिनिधिहरूको निर्वाचित भएर आएसँगै सिंगो समाज विकास र परिवर्तनको रूपरेखामा अगाडि बढ्दै गईरहेको उनको भनाई थियो ।

दहचोक युवा समुहका निवर्तमान अध्यक्ष किरण गिरीले लामो समयपछि नेतृत्व हस्तान्तरण गर्न पाउँदा प्रजातान्त्रिक मूल्य र मान्यतामा संस्था अझ सशक्त र समाज रूपान्तरणमा थप अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

नव निर्वाचित अध्यक्ष राजु गिरीले आफु निर्वाचित भए संगै थप गहन जिम्मेवारी आफ्नो हातमा आएको हुँदा युवाहरू सबै मिलेर दहचोकको थप सामाजिक कार्यमा हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

दहचोक युवा समुहका सचिव जीवन गिरीले दहचोक युवा समुहले आम नागरिकहरूलाई निरन्तर एम्बुलेन्स सेवा मात्र प्रदान गरेको मात्र नभई आम नागरिकहरूको सेवा भावनाले शिक्षा,स्वास्थ र वातावरण संग प्रत्यक्ष गतिविधिमा संलग्न रहदै आइरहेको चर्चा गरे । दहचोक युवा समुहले युवाहरू संगको सहकार्यमा सामाजिक उथान र रूपान्तरण सम्वन्धी कार्य गर्ने जनाएको छ ।

IME Life
kumari