सुनको मूल्य प्रतितोला ७८ हजार ८ सय रुपैयाँमा कारोबार

आर्थिक सञ्जाल । आइतबार, ११ फागुन २०७६
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ बढेर ७८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार प्रतितोला ७८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम बढेसँग खरिद विक्रीमा समस्या भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै गत शुक्रबार प्रतितोला ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन ७ सय रुपैयाँ बढेर प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै गत शुक्रबारको तुलनामा ५ रुपैयाँ साताको पहिलो दिन आइतबार प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
११ फागुन २०७६, आइतवार १६:०० बजे प्रकाशित