sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सुविसुले शुरु गर्यो नोकियाको १००जी अप्टिकल नेटवर्क

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । आइतबार, ११ फागुन २०७६

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले नोकियाको १००जी अप्टिकल नेटवर्कको कार्य विस्तार गरेको छ । समयको माग र ग्राहकको स्तरीय सन्तुष्टीको निम्ति सुबिसुले अत्याधुनिक सेवाको सुरुवात गरेको हो ।

यसबाट उपभोक्ताले आफ्नो ब्याण्डवीथ वान जिबिपिएससम्म विस्तार गर्न सक्नेछन् । यसको शुरुवातसँगै हाइ स्पिड इन्टरनेट र हाइ डिफिनेशन इन्टरनेट प्रोटोकल(आइपिटिभि) को सेवा लिन सक्नेछन् ।

नेपाल सरकारको ‘डिजिटल नेपाल’लाई लक्षित गर्दै सुरु गरिएको यस बिस्तारले सम्पूर्ण देशलाई नै सामाजिक एवम् आर्थिक विकास तिर अग्रसर हुन टेवा पुर्याउने विश्वास लिइएको छ । नोकियाका बिनिस बाबाले यसबाट नेपालका ग्राहक एवं व्यवसाय सबैले फाइदा लिन सक्ने र नेपालको संचार प्रबिधिको क्षेत्रमा यो महत्तवपुर्ण कदम रहेको बताएका छन् । देशको ११ स्थानमा नोकियाको १८३० फोटोनिक सर्भिस स्विच(पिएसएस), डेन्स वेभलेन्थ डिभिजन मल्टीप्लेक्सिङ (डिडब्लुडिएम) विस्तार गरिसकेको छ । यसबाट ग्राहकले बदलिंदो मागलाई पुर्ति गर्नुका साथै सुविसुले १००जी सर्भिस प्रदान गर्न सक्नेछ ।

आफ्ना ग्राहकलाई उच्च स्तरीय सेवा प्रदान गर्ने उद्देश्य लिएको सुविसुले यस कदमबाट सम्पूर्ण ग्राहक एवं व्यावसायले राम्रो प्रतिफूल प्राप्त गर्ने विश्वास लिइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले यसको थालनीसँगै ग्राहकको बदलिदो मागलाई सजिलैसँग पूरा गर्न सकिने र आगामी दिनहरुमा पनि सेवा बिस्तारमा कुनै समस्या नआउने उल्लेख गरेका छन् ।

gold
kumari bank
nawakantipur long